आठ वर्षपछि संसार देख्दा…

काठमाडौं : मुलुककै जेठो आँखा अस्पतालले ४५ औँ वार्षिकोत्सवको अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो । उमेर बढेसँगै आँखाको ज्योति घट्दै गएपछि यस्तो समस्यालाई उनले नियति सम्झेर उपचार गरेका थिएनन् । आठ वर्षदेखि छामछुमको भरमा जीवन बिताइरहेको उहाँ भन्नुहुन्छ, ‘धमिलो छायाजस्तो मात्रै देखेजस्तो लाग्थ्यो, यो जुनीमा आँखा देख्ने दिन सकिए झैँ लाग्थ्यो ।’

आँखा देख्ने सक्ने भएसँगै आफ्नो काम आफै गर्न सकिने, खेतबारीको काममा लाग्न सकिने भन्दै उहाँ निकै खुसी देखिनुभयो । मोतीबिन्दुको समस्याका कारण उनले दुवै आँखा देख्न छोडेका थिए । यो समाचार कान्तिपुरमा फातिमा बानुले लेख्नुभएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०७:३८