काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ का लागि बजेट सार्वजनिक गर्नुभएको छ । यस्ता छन् बजेटका विशेषता;
- बजेट– १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
- चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख
- पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख
- वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख
- राजस्व– ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख
- सहकारीलाई धेरै ब्याज लिन बन्देज, मर्जरमा जानुपर्ने, कर्जाको बीमा गर्नुपर्ने
- कर्मचारीका तलब पिरामिड वृद्धि तल्लो तहका २०%, माथिल्लो तहमा १८%
- १ हजार बढ्यो वृद्धभत्ता, अब मासिक ३ हजार
- गैर आवासीय नेपालीलाई दोस्रो बजारमा पनि लगानी/कारोबार गर्न दिने
- सांसद्लाई ६ करोड
- बायोग्याँस उत्पादन गर्ने । एलपी ग्याँसको खपत कम गर्ने
- किसानका लागि कल सेन्टर बनाउने
- स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब
- गर्भदेखि मृत्युसम्मको सामाजिक सुरक्षा सरकारले लिने
- दलित, कर्णाली, तराई मधेश, गरिब बालबालिकालाई बाल संरक्षण अभियानमा १ अर्ब ६४ करोड
- सामाजिक सुरक्षामा : ६४ अर्ब ५० करोड रुपैयाँ
- प्रधानमन्त्री कृषि परियाेजनामा ८ अर्ब १० कराेड विनियाेजन
- कृषि सामाग्रीमा अनुदान दिइने
- तराई मधेशमा सौर्य उर्जामा आधारित भूमिगत सिँचाइ सुरु गर्ने । समृद्ध तराई मधेश सिँचाइका लागि ९६ करोड
- सुनकोसी डाइभर्सनमा २ अर्ब
- आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउने
- भूमि ऐन ल्याउने । भूमीलाई वर्गिकरण गर्दै
- महाभारत क्षेत्रमा शितल आवास विकास गरिने
- चोभारमा अन्तर्राष्ट्रिय प्रर्दशनि स्थलसहितको सुख्खा बन्दरगाह निर्माण सुरु गरिने
- कृषि उत्पादनमा आयातमा एन्टि डम्पीगं शुल्क लगाईने
- पेट्रेलियम पाईपलाइनको काम यसै वर्ष सकिने
- नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिई चीनको वन्दरगाहमार्फत
- तेस्रोमुलुकसँगको व्यापार सुरु गरिने
- एक हजार मेगावाट क्षमता जलविद्युत् राष्ट्रिय प्रसारणमा जाेडिने
- पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड
- बीपी राजमार्गमा ९६ कराेड
- मध्यपहाडी लोकमार्ग ४०० किमि कालोपत्र गर्न १२ अर्ब
- तिनकुने-कोटेश्वर-धुलिखेल-सूर्यविनायकमा सुरुङ मार्ग
- आगामी वर्ष २ सय पुल बनाइने
- पेट्रोल र डिजेलमा एक रुपैयाँ थप शुल्क लिइने
- काँकडभित्ताबाट विद्युतीय रेल बनाउन सुरु गर्ने
- भारत र चीनको रेल दुई वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन गरिने
- काठमाडौं लगायतका सहरमा मेट्रो मानो रेल बनाउने, माेनाे रेल, मेट्रो रेलका लागि ७ अर्ब ७० करोड
- नारायणी र कोशीमा पानी जाहाज चलाइने
- प्रदेशका सहर र काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याइने
- काठमाडौंमा ३ हजार व्यक्ति अटाउने हल निर्माण गरिने
- सबै प्रदेशमा २ हजार व्यक्ति अटाउने हल निर्माण गर्ने
- पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब
- धरहरा आगामी दुइ वर्षभित्र निर्माण गरिने, १ अर्ब बजेट विनियोजन
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने
- सरकारी विज्ञापनको रकममा १५ प्रतिशतले बृद्धि
- डिजिटल नेपाल बनाईने
- बिमा कम्पनीलाइ पनि मर्जरमा लगिने
- नेसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने
- एक्सन रुमबाट विकास आयोजना प्रत्यक्ष अवलोकन गरिने
- भिसा सेवा अनलाई बनाईने
- दुई वर्षभित्र एक नेपालीले एक परिचय पत्रमात्रै बाेके हुने
प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार २२:११