सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ केहि दिन यता घट्ने क्रम जारी छ । हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति बुधवार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन हिजो बिहीवार ९ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १२:५२