म हिंसात्मक मानसिकता बोकेर हैन, आर्थिक सम्मृद्धिको सोच बोकेर आएको हुँँ: बालकृष्ण शिवाकोटी (भिडियोसहित)

दोलखा : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले हिंसात्मक मानसिकता बोकेर आएका ब्यक्तीलाई चुनावमा मत नदिन आग्रह गर्नु भएको छ ।

जिरी नगरपालिका-१ च्याम्हामा आायोजीत चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार शिवाकोटीले आफू हिसांत्मक माानसिकता बोकेर नभई आर्थिक सम्मृद्धिको सोच बोकेर आएको बताउनु भयो ।  शिवाकोटीले समाजलाई आंतकीत बनाउनेलाई निर्वाचन मार्फत बहिष्कार बनाउनुपर्ने बताउनु भयो ।

माओवादीले जनतालाई आंतकीत बनाउने भन्दा अरु केहि काम नगरेको बताउनुहुँदै भन्नुभयो, ‘उहाँहरुले अरु केहि काम गर्न जान्नु भएको छैन विध्वंश गर्न मात्र जान्नु भएको छ । त्यसैले हिजोको समयमा माओवादीमा भुलवंश लाग्नेलाई एमालेमा आउँन र कांग्रेस कार्यकर्ताको घरघरमा पुगेर भोट माग्न आग्रह गर्दछु । अब मात्र १४ दिन एमालेको पक्षमा काम गरिदिनूस । म काम गर्न आएको हो । काम गर्नेछु ।’

उहाँले राजनीति ब्यक्तीगत लाभको लागि नभई समाज सेवा गर्ने उच्चतम ठाउँ भएको बताउनु भयो । राजनीति समाज परिवर्तन र रुपान्तरणको लागि भएको बताउँदै भन्नु भयो, ‘मेरो उम्मेदवारी आमा बुबा सबैको खुसी ल्याउनको लागि हो ।’


प्रकाशित | २० कार्तिक २०७९, आईतवार १५:०१