सिंहदरबारभित्रै मृत भेटिए एक कर्मचारी

काठमाडौँ: सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत अवस्थामा फेला परेका हुन ।  आयोगमा कार्यरत सुब्बा बच्चु केसी मृत फेला परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उनी आयोगको हलमा मृत फेला परेका हुन्। अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेकाले विस्तृत विवरण आउँन बाँकि छ ।


प्रकाशित | ३ भाद्र २०७६, मंगलवार १२:५२