उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

एजेन्सी : युरोपा लिगको उपाधिका लागि आज (बुधबार) राति लण्डन क्लब आर्सनल र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ । यस सिजन दुवै टिमका नयाँ व्यवस्थापकले युरोपा लिगको फाइनल खेल्दैछन् ।

चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सर्रीले प्रशिक्षकको रुपमा अहिलेसम्म कुनै उपाधि जितेका छैनन् । आर्सनलका प्रशिक्षक युनाई इम्रीले सेभिल्लामा रहेर २०१४–१६ मा दुई पटक उपाधि दिलाएका छन् ।

चेल्सीले २०१३ मा युरोपा लिगको उपाधिसंगै च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । चेल्सी तेस्रो स्थानमा रहदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भईसकेको छ । आर्सनललाई भने युरोपा लिगको उपाधि जित्दै च्याम्पियन्स लिगमा छनोट हुने अवसर प्राप्त छ ।

‘हाम्रा दुई लक्ष्य छन् । तर हाम्रो मुख्य लक्ष्य उपाधि जित्नु हो ।’ प्रशिक्षक इम्रीले थपे, ‘उपाधिसंगै हामीले च्याम्पियन्स लिगमा समेत स्थान बनाउने हो ।’ ‘प्रत्येक उपाधि जित्नु महत्वपुर्ण छ । त्यो चेल्सीका लागि समेत आवश्यक छ ।

हामी यो समय सहकर्मी र आफ्ना लागि आनन्द लिन चाहन्छौ ।’ ‘हामीलाई मिडफिल्डमा समस्या छ ।’ चेल्सीका प्रशिक्षक सर्रीले थपे, ‘हामीसँग जम्मा ३ मिडफिल्डर ३ स्थितीका लागि छन् ।’


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार २०:१३