१०० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन कोरियामा रहेका नेपालीले थाले अभियान

सियोल । नेपालमा १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन कोरियामा रहेका नेपालीले अभियान शूरु गरेका छन् । गैर आवासीय नेपाली संघ कोरियाको संयोजनमा विभिन्न संघसंस्थाहरुले १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन अभियान शूरु गरेका हुन ।

एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले करिव १ करोड नेपाली रुपैयाँ वरावरको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने लक्ष्यका साथ अभियान शूरु गरिएको जानकारी गराउनुभयो । अध्यक्ष सुवेदीले कोरियामा रहेका विभिन्न संघसंथासँगको समन्वयमा अभियान सञ्चालन भइरहेको र अभियानको क्रममा खातामा मे २३ तारिखसम्म सहयोग संकलन  गरि चाँडै नेपाल पठाउने बताउनुभयो ।

यसअघि पनि पहिलो चरणमा कोरियाबाट एनआरएनएको नेतृत्वमा कोभिड टेक्स गर्ने ४ हजार किट पठाएर नेपालका कोभिड प्रभावितलाई ठूलो सहयोग गरिएको थियो ।

एनआरएनएको नेतृत्वमा नेपाली सम्पर्क समिति, नेपाली विधार्थी समाज कोरिया, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया, महिलाको लागि महिला, नेपाल लोक दोहोरी प्रतिष्ठान, दक्षिण कोरिया जन सहयोग अभियान, दक्षिण कोरिया पूर्वाञ्चल सरोकार समाज, दक्षिण कोरिया सुदुर पश्चिम समाज, दक्षिण कोरिया, वागमती प्रदेश एकता समाज, दक्षिण कोरियालगायतका संघसंस्थाहरु सहयोग संकलनमा लागिपरेका छन् ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार १६:१८