टुंगियो मुख्यमन्त्रीको भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?

काठमाडौँ : सत्ता साझेदार दलका शीर्ष नेताहरूले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको  गठबन्धनको बैठकले बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंग्याएका हुन ।

बैठकले प्रदेश नं. १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीले पूरै कार्यकाल पाँच वर्षको लागि सरकार बनाउने सहमति भएको छ । उता सुदूरपश्चिम र वागमतीमा भने आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले-माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्नेछ ।

त्यस्तै, बागमतीमा पहिले माओवादीले र त्यसपछि एमालेले नेतृत्व गर्नेछ । उता मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

प्रदेश नं. १ मा भने आजै नेकपा एमालेका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसक्नु भएको छ ।


प्रकाशित | २४ पुष २०७९, आईतवार २१:३१