गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनु भएको छ । प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिन पाउनु भएन् ।

६० सदस्य रहेको प्रदेश सभामा २७ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएको छ भने सांसद राजीव गुरूङ दीपक मनाङे भने आजको बैठकमा उपस्थित हुनु भएन । अधिकारी मुख्यमन्त्रीमा पुस २५ गते नियुक्त भएका थिए।


प्रकाशित | २९ पुष २०७९, शुक्रबार १७:३९