ग्लोबल टी-ट्वान्टी: सन्दीपको टिम टोरन्टोको खेल आज

काठमाडौं : क्यानाडामा आयोजना हुने दोस्रो संस्करणको ग्लोबल टी(ट्वान्टी) क्रिकेट आज (बिहिबार) बाट सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र भ्यान्कोभर नाइट्सबीच प्रतिस्पर्धा हुनेछ । ब्राम्प्टनस्थित सिएए सेन्टरमा हुने खेल नेपाली समय अनुसार राती १०:१५ मा सुरु हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप भने पहिलो खेलमा उपस्थिति हुने छैनन् । आईसीसी टी(ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय टिमसंग सिंगापुरमा रहेका कारण सन्दीपले २ खेल गुमाउने छन् ।

पहिलो संस्करणमा सन्दीपले मोण्टेरिएल टाइगर्सबाट खेलेका थिए । यस पटक भने टोरन्टोले सन्दीपलाई ६० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो ।

सन्दीपको टिमको मार्की प्लेयर भारतीय स्टार युवराज सिंह रहेका छन् । यस्तै विश्वका हस्ती केइरन पोलार्ड, ब्रेण्डन म्याकलम, क्रिस ग्रीन, मिचेल मेक्लेनघन जस्ता खेलाडी रहेका छन् ।  खेलपाटी


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार १४:४४