महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य आवश्यक : मन्त्री मगर

काठमाडौं: खानेपानी मन्त्री बिना मगरले महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य आवश्यक भएकोमा जोड दिनुभएको छ । सम्य समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने मन्त्री मगरको जोड छ । छैटौं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा मन्त्री मगरले जातीय विभेद अन्त्य गरिनेपर्ने बताउनुभएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी भएको समयमा महिलामाथि गरिने विभेदको अन्त्य आवश्यक भएकोमा जोड दिर्दै भन्नुभयो, ‘महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो, कसैलाई विभेद नगरौं ।’ महिनावारीको विभेद हटाउन भए गरिएका कार्यक्रम लक्षित समुदायसम्म पुगे पुगेनन् त्यस विषयमा अनुगमन र अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार २१:१४