सिभिल आईएसओ प्रमाणित बैंक बन्न सफल

काठमाडौं: समृद्धिका लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढी रहेको सिभिल बैंक आईएसओ ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको छ । आईएसओ ९००१ः२०१५ को प्रमाणपत्रको आधिकारिक संस्थाका नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमकाबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

ईएसओ ९००१ः२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रूपमा अन्तर्रास्ट्रिय स्तरको सेवा तथा सुविधाहरू प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरूद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरूको पालना गरिएको प्रमाणीकरण भएको बैंकले जनाएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आईएसओ ९००१ः२०१५ प्रमाणीकरणसँगै आगामी दिनहरूमा ग्राहकमैत्री सेवा तथा सुविधाहरू ग्राहकहरूकै चाहना अनुरूप आधुनिक डिजिटल बैंकिङको प्रोडक्टहरू ल्याउने बताउनुभयो । सिभिल बैंकका अध्यक्ष ई।इच्छाराज तामाङले सिभिल बैंकको सेवा तथा सुविधाहरू ग्राहकहरू केन्द्रित छन् र नियमनकारी निकायहरूको सबै नियमहरूको पालना गरी अगाडि बढिरहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरूमा ग्राहकहरू कै सेवामा केन्द्रित भएर अगाडि बढ्ने बताउनुभयो ।


प्रकाशित | ५ श्रावण २०७६, आईतवार १०:३०