एमसिसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष नेपालले शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेको खुलासा पनि गर्नु भयो ।

अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताउनुभयो ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १६:२१