नागढुङ्गामा बम विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

काठमाडौं : काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा बम विस्फोट भएको छ । बम विस्फोट हुँदा विप्लवका कार्यकर्तासहित दुईजना घाइते भएका छन् । विप्लवका कार्यकर्ता आफैले बोकेको बम विस्फोट भएर उनीहरु घाइते भएको प्रहीले जनाएको छ । मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

थानकोट वृत्तका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेका समय विस्फोट भएको थियो । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार २१:४४