उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, यस्तो छ २ दिनको मौसम पूर्वानुमान

काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, गण्डकी, बागमति र प्रदेश ५ का अधिकांश भागमा वर्षा भइरहेको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भएर बनेको न्यून चापिय क्षेत्रको प्रभाव कायमै रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनअनुसार आज प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश ५, सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, गण्डकी, बागमति र प्रदेश ५ का अधिकांश भागमा वर्षा भइरहेको हो ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भएर बनेको न्यून चापिय क्षेत्रको प्रभाव कायमै रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनअनुसार आज प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश ५, सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ ।

जेठ २४ गते (शनिबार)

दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली रही सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, २, र बागमति प्रदेश मा केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १, प्रदेश २, बागमति प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरूको मौसम सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमतिका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जेठ २५ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमति, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमति ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार ०८:१७