काठमाडौं विस्फोट अपडेट: विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

काठमाडौं : राजधानीमा भएको दुइ स्थनमा भएको बम विस्फोट भएको क्षेत्र नेपाली सेनाले नियन्त्रणमा लिएको छ । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोटपछि सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । सेनाले अहिले घटनास्थलमा कसैलाई प्रवेश गर्न नदिई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलका अनुसार विस्फोटपछि थप अनुसन्धान गर्न सेनाको टोलीसहित आवश्यक मात्रामा प्रहरी परिचालन गरेको हो । घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर सेनाको बम डिस्पोजल टोलीले सुरक्षा जाँच कडा बनाएको छ। घटनामा विप्लवको संलग्नता रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १९:१५