सुनको भाउ दैनिक घट्दो

काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको जनाएको छ मंगलबार तोलाको ५९ हजार ६ सय मा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १५:०६