संसदमा चित्रबहादुर केसीको टिप्पणी: चुनाव लड्न पहिले खल्तीमा पैसा लैजान्थ्यौं, अहिले बोरामा लग्नु पर्ने भएछ

काठमाडौं:  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन प्रणाली असाध्यै खर्चीलो भएकाले परिवर्तनको खाँचो रहेको बताउनु भएको छ । आज संसदमा विश्वासको मतमाथिको छलफलमा भाग लिदैं केसीले चुनावी खर्च अत्यन्तै महँगो भएको बताउनुभयो ।

अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दलहरू एकै ठाउँमा उभिएको आरोप पनि लगाउनुभयो ।

केसीले भन्नुभयो, ‘पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ। सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? ।’

उहाँले संसदमा विपक्षीविहीन बन्ने अवस्थामा आएकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले चुनाव खर्च उठाउन पनि सबै एकठाउँमा जम्मा भएको हो कि भन्ने डर लागेको टिप्प्णी गर्नुभयो । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताउनुभयो ।


प्रकाशित | २६ पुष २०७९, मंगलवार १६:२२