साम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’ छायांकन शूरु

काठमाडौं : आउँदो दशैंमा प्रदर्शनमा आउने भनीएको चलचित्र रातो टिका निधारमा को औपचारिक छायांकन सुरु गरिएको छ । चलचित्रमा साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्माको अभिनय रहनेछ । निर्देशक अशोक शर्माको वर्षौँ पहिलेको चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीत लाई यो चलचित्रमा समावेश गरिएको छ। निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स पनि सार्वजनिक गरेका छन् ।

 

तस्बिरमा अंकित र साम्राज्ञीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् । निर्देशक शर्माका छोरा अंकितले यही चलचित्रबाट डेब्यू गर्न लागेका हुन् । यसमा अभिनेत्री साम्राज्ञीले गाउँ केटीको भूमिका निभाउँदैछिन् ।
चलचित्रको गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन छ भने गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार २१:५४