त्रिशुली बस दुर्घटना अपडेट: ज्यान गुमाएका पाँचमध्ये तीन जनाको पहिचान खुल्यो

धादिङ: झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा एक जना महिला र चार जना पुरुष भएको पुष्टि भएको छ ।

प्रहरीका अनसार ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको हो । ज्यान गुमाउने काठमाण्डौ चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा २९ जना घाइते भएका छन् । तस्विर: शिव श्रेष्ठ


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०९:५८