सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम अनुमोदित

काठमाडौं: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम अनुमोदन गरेको छ । समितिले बिहीबार पाँचै जनाको सुनुवाइ गरेको थियो । सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार समितिले बिहीबार पाँचै नाम अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिले बिहीबार सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको सभपाति कर्णले जानककारी गराउनुभयो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १८:३८