बारा तेलगाईका हावाहुरी प्रभावीतलाई एनआरएनको राहत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले बाराको तेलगाईमा हावाहुरी प्रभावीतलाई राहत वितरण गरेको छ । एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले तेलगाईमा राहत वितरण गरेको हो ।

 

एनआरएनले बाराको तेलगाँई गाउँका ७८ परिवारलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरेको एनआरएन प्रवत्ता भुषण घिमिरेले जानकारी गराउनुभयो । एनआरएन टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफलपश्चात त्यसतर्फ राहत वितरणमा गएको थियो । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको बताउनुभएको थियो ।

त्यस्तै, एनआरएनले पुरौया गाउँका ५ सय घरधुरीलाई २५ किलो चामाल, ५ किलो आलु, २ किलो दाल र एक लिटर तेल वितरण गर्दैछ । टोलीमा एनआरएनका उपाध्यक्ष पन्तसहित, प्रवक्ता घिमिरे, सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झा, एनआरएन जर्मनीका उपाध्यक्ष मिलन पन्तगायत सहभागि हुनुहुन्छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १६:०८