एनआरएनए ओमनमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा विकल झा

काठमाडौं। गैर आवासीय नेपाली सोसल क्लब ओमनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले विकल झाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

झा नेतृत्वको नयाँ कार्यसमितिमा महेश चौधरी र सुरेश खड्का उपाध्यक्षमा चयन हुनुभएको छ । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सह-कोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन हुनुभएको छ ।

साधारण सभाले सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजकका जिम्मेवारी दिएको छ भने प्रवक्तामा महेन्द्र तिवारी चुनीनु भएको छ ।

यसैगरी, सदस्यहरूमा लक्ष्मी प्रसाद कोइराला, साङ्गी जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन हुनुभएको छ ।

त्यस्तै, निवर्तमान अध्यक्ष क्याप्टेन सेवन्त पुर्जालाई प्रमुख संरक्षकमा मनोनित गरिएको छ। निवर्तमान अध्यक्ष सेवन्त पुर्जाको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाको सञ्चालन सुसिल पुन मगरले गर्नुभएको थियो । साधारण सभामा एनआरएनए आइसीसीदेखि विभिन्न एनसीसीका प्रतिनिधिहरु अथितिका रुपमा सहभागी हुनुहुन्थ्यो ।

ओमनमा एनआरएनए त्यहाँको कानूनअनुसार एक सामाजिक संस्थाका रुपमा गैर आवासीय नेपाली सोसल क्लबका नाममा दर्ता छ । कानूनी रुपमा सोसल क्लबका नाममा दर्ता भए पनि सोसल क्लब नै आधिकारिक एनआरएनए हो ।


प्रकाशित | १३ चैत्र २०७७, शुक्रबार १७:४४