एनआरएनए र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र सामाजिक सुरक्षा कोषबीच बिहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालसहितको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्यरबद्री केसी,उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत समितिका संयोजक आरके शर्मा र कोषका निर्देशक कृष्ण अधिकारी बीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एनआरएनएले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यक्रममा एनआरएनए र कोषबीच समझदारी भएको हो । एनआरएनएको तर्फबाट उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत समितिका संयोजक आरके शर्मा र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीले उक्त समझदारीपत्र निमार्णमा गृहकार्य गर्नु भएको थियो ।

एनआरएनएले झन्डै एक दशकदेखि विभिन्न अभियानमार्फत वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो । एनआरएनएले वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा ल्याउनका लागि सरकारी, राजनैतिक दल तथा सरोकारवाला निकायलाई दवाव दिन पटक पटक कार्यक्रम तथा छलफल गर्दै आइरहेको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा रहेका नेपालीको सुरक्षामा सरकारले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनु भयो । भर्खरै श्रम मन्त्रालय संहालेका मन्त्री कुँवरले एनआरएनएसँगको सहकार्यबाट वैदेशिक रोजगारमा रहेका नेपालीका समस्या समाधानमा धेरै काम गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैर आवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले सहमतीपत्रमा हस्ताक्षर हुनु ठुलो सफलता भएको बताउनु भयो । आचार्यले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको हक हितका लागी एनआरएनएले आफ्नो सम्पुर्ण रिसोर्स प्रयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष बद्री केसीले वैदेशिक रोजगारका नाममा हुने गरेका समस्यालाई सरकार र सरोकारवाला निकायले समाधान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर.के. शर्माले विदेशमा रहेका नेपालीहरू जीवनभर विदेशमा रहे पनि उनीहरूको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेको बताउनु भयो ।

कार्यक्रम विषयविज्ञ कृष्ण आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष नरेन्द्र भाटले गर्नु भएको थियो ।

गरेका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष भाटले बैदेशिक रोजगार विविध समस्याको बारेमा चर्चा गरेका थिए ।

लगानीको वातावरण बनाउने उद्योगमन्त्रीको प्रतिवद्धता

एनआरएनएले आयोजना गरेको लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले एनआरएनलाई स्वदेशमा लगानी ल्याउन सहज वातावरण निमार्णमा सरकारको तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

एनआरएनएले आयोजना गरेको लगानी तथा वैदेशिक मुद्रा निक्षेप विषयक कार्यक्रममा मन्त्री बडुले विदेशमा बस्ने नेपालीलाई सहज हुने हरेक प्रकार समस्याको हल गर्ने बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल लगानीका लागि उपयुक्त ठाउँ भएकाले एनआरएनहरुलार्इ स्वदेशमा लगानी गर्नका लागि आग्रह गर्नु भयो ।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुमार पन्तले विदेशबाट लगानी ल्याउनका लागि सहज वातावरण नभएको बताउँदै एनआरएनहरुले धेरै दुःख पाइरहेको बताउनु भयो ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष महेश श्रेष्ठले विदेशबाट लगानी ल्याउनका लागि सहज वातावरण बनाउन सरकारलाई आग्रह गर्नु भयो । उपाध्यक्ष श्रेष्ठले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक कोषमा आवद्द गराउनुपर्ने बताउँदै अवको एनआरएनएको अभियान भनेकै बैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको संरक्षण गर्ने र स्वदेशमा लगानी भित्याऊने नै रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल रेमिटेन्स एशोसियसनका चन्द्र टंडनले एनआरएनलाई स्वदेशमा लगानी भित्र्याऊन र डलर भित्र्याऊन आग्रह गर्नु भयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका अर्थविज्ञ,श्रमविज्ञ, बिभिन्न बैंकका पदाधिकारीलगायतले गैर आवासीय नेपालीलाई स्वदेशमा लगानी ल्याऊन र डलर भित्र्याउन आग्रह गर्नु भएको थियो ।

प्रवक्ता सोम सापकोटाले कार्यक्रमको निश्कर्ष बाचन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष आरके शर्माले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एनआरएनका अध्यक्षद्वय कुल आचार्य र बद्री केसी,उपाध्यक्षहरु महेश श्रेष्ठ, आरके शर्मा र नरेन्द्र भाट, उपमहासचीव विनय अधिकारी, प्रवक्ता सोम सापकोटा, एनआरएन युरोप संयोजक चिन्तामणि सापकोटा, एनआरएन युरोप युवा संयोजक रमेश काफ्ले, एनआरएन आईसिसि सदस्य पुर्ण पोखरीया, एनआरएन कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का लगायतको प्रत्यक्ष सहभागिता रहेको थियो भने अन्य पदाधिकारी जुमवाट सहभागी भएका थिए ।

गैर आवासीय नेपाली संघ, ललितपुर कार्यशाला – २०२२ का निष्कर्षहरु

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भयो ।

गैर आवासीय नेपाली संघले दशकौँ देखि उठाउँदै आएका मागहरुलाई सम्बोधनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुसँग कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं विश्वभरबाट अनलाईन माध्यमबाट २०० भन्दा बढी गैर आवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।
मुलतस् वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप लगायतका विषयमा कार्यक्रममा बोल्ने वक्ताले आ–आफ्ना भनाई राख्नुभयो । उक्त छलफलबाट प्राप्त निष्कर्षहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

१. वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरिय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरु अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमति पत्रमा हस्तारक्षर सम्पन्न भयो ।

२. तत्काल सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीलाई समेट्नको लागि कानूनी आधार तय गर्न उच्च स्तरीय राजनीतिक र प्रशासनिक तहमा लबिङ गर्न संघ प्रतिबद्ध छ । साथै वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएका श्रमिकलाई हाल दिँदै आएको बिमा बापतको रकमलाई वृद्धि गरि ५० लाख सम्म पुर्याउन सरकारलाई यो संघ अनुरोध गर्दछ ।

३. वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान सीप र प्रविधि नेपालको व्यवसायिक तथा आर्थिक विकासमा योगदान हुनेगरी पुनस्एकीकरणसहित, नेपालमा रोजगारी सिर्जना, उद्यमशिलता विकास तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको जीवनस्तर उकास्न सहयोगी हुने किसिमका सीपमुलक कार्ययोजना निर्माण तथा कार्यान्वयनमा नेपाल सरकारसँग सहकार्य गर्न संघ प्रतिबद्ध छ ।

४. गैरआवासीय नेपालीहरुलाई लक्षित गरी नेपालका बैंकमा खोलिने वैदेशिक मुद्राको ९डलर खातां० खातामा बढी भन्दा बढी निक्षेप संकलन गर्न रगराउन तथा सहभागितामा वृद्धि गर्नको लागि नेपालका बैंक तथा नियामक निकायहरुसँग आपसी सहकार्य गरी यस अभियानलाई सफल पार्न संघ प्रतिबद्ध छ ।

५. गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चन हटाई आवश्यक संशोधन गर्न संघ आग्रह गर्दछ ।
अन्त्यमा, यस कार्यशाला सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने नेपाल सरकार, सरोकारवाला, सञ्चारकर्मी, समस्त गैरआवासीय नेपाली लगायत सम्बन्धित सबैमा संघ हार्दिक आभार प्रकट गर्दछ ।


प्रकाशित | ६ श्रावण २०७९, शुक्रबार १३:०९