इटाली। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटलीमा छबिलाल कंडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कँडेल (२०१३-२०१५) कार्यकालमा युवा प्रतिनिधि, (२०१७-२०१९) मा महासचिव, (२०१९-०२१) मा उपाध्यक्ष हुँदै आगामी कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो ।
निर्वाचन समितिका संयोजक मनोज कुमार कार्कीका अनुसार एनसिसी इटलीमा १ जना उपाध्यक्ष र ६ जना सदस्य पद भने रिक्त भएको छ । रित्त पदहरु नयाँ कार्य समितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ । एनआरएनए इटलीमा एमआइएस सिस्टममार्फत ३४५ जना सदस्य बनेका छन् ।
नवनिर्वाचित अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा एनसिसीको आन्तरिक संरचना बलियो बनाउन लागिपर्ने र दोस्रो पुस्तालाई एनआरएनएमा कसरी सहभागि गराउन सकिन्छ भन्ने विषयमा बढी जोड दिने बताउनु भयो ।
यस्तो छ नयाँ कार्यसमिति
१. आइसिसी सदस्य– राजन चापागाईं
२. अध्यक्ष -छबिलाल कँडेल
३. उपाध्यक्ष– भुवन नियोग लिम्बु
४. महासचिव -भवेश कुमार सिंह
५. सचिव– अशोक उप्रेती
६. कोषाध्यक्ष -दिर्घा माया मगर
७. युवा प्रतिनिधि -श्याम खरेल
८. महिला प्रतिनिधि– बिना मगराती
९. सदस्य-सिरज कार्की
प्रकाशित | ७ श्रावण २०७८, बिहीबार १९:०९