नयाँ अनाथालय तथा बालगृह दर्ता नगर्न मन्त्रालयलाई निर्देशन

काठमाडौं: महिला तथा समाजिक समितिको बैठकले अधिकांश गैर सरकारी बालगृहरु मापदण्ड बमोजिम सञ्चालनमा नरहेको भन्दै नयाँ अनाथालय तथा बालगृह दर्ता कार्य नगर्न नगराउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले संघीय संरचनाको लागि एकीकृत मापदण्ड नबनेसम्म गैरसरकारी संस्थाको रुपमा नयाँ अनाथालय वा बालगृह खोल्न नदिन सम्बन्धीत मन्त्रालय र मातहतको निकायलाई निर्देशन गरेको हो ।

न्यून गुणस्तर र विवादित गैह्रसरकारी बालगृह वा अनाथालय तत्काल दर्ता खारेज गर्न तथा अनाथ वालवालिकाको व्यबस्थापन सरकारी तवरमा नै स्थानिय तहमा क्रमिक रुपमा ब्यवस्थापन गर्न गराउन समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय तथा समाज कल्याण परिषद्लाई निर्देशन गरेको छ । समितिले समाज कल्याण परिषद्लाई संञ्चालनम रहेका गैह्रसरकारी वालगृह÷अनाथालयहरुको नामावली र मापदण्ड पुरा गरे नगरेबारेको यथार्थ विवरण ३० दिन भित्र उपलब्ध गराउन निर्देश दिएको छ ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १९:०८