कतार, यूएई र सेसेसको भ्रमणमा जाँदै श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार, यूएई र सेसेसको भ्रमणमा जानु हुने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डल तीन देशको भ्रमणमा जाने भएको हो ।

सरकारका प्रवक्ता, सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलेलाई मन्त्री श्रेष्ठको संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने निर्णय गरिएको बताउनु भयो ।  भ्रमण तत्काल हुने भए पनि मितिको विषयमा भने खुलाइएको छ ।

त्यस्तै, सरकारले तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित | २७ फाल्गुन २०७८, शुक्रबार २०:२५