यू -१९ विश्वकप छनोट: नेपालद्धारा ओमानलाई २ सय ३० रनको लक्ष्य

एजेन्सी : मलेसियामा जारी आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३।२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको महत्वपूर्ण योगदान दिए । रोहितलाई ३५ ओभरको पाँचौ बलमा आजम अलीले मेहताबाट क्याच गराए । त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बटुले । कुनै समय ८१ – ५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैटौैं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

नेपाललाई बलियो अवस्थामा पुर्याउन प्रतिस जिसीले आक्रमक उत्कृष्ट ब्याटिङ गरे । प्रतिसले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुलेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो । अन्तिम विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरे । सुर्य तामाङ ७ रनमा अविजित रहे ।

दोस्रो ओभरको अन्तिम बलमा मुजाहिर राजाले पवन सरार्फलाई ५ रनमा एलवी डब्लू आउट गरे । ९ औं ओभरको पहिलो बलमा यस मेहताले रित गौतमलाई १० रनमा क्याच आउट गराए । १६ औं ओभरमो चौथो बलमा रविन्द्रले अभिषेक बस्नेतलाई १५ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको दोस्रोे बलमा प्रथमेश कुम्बलेले सन्दीप जोरालाई मेहताबाट क्याच गराउँदै ४ रनमा पेभिलिएन फकाए ।

२० औं ओभरको अन्तिम बलमा रविन्द्रले हरि वहादुर चौहानलाई २ रनमा क्याच आउट गराएपछि नेपाल ८१ – ५ को कमजोर अवस्थामा पुगेको थियो । कुशल मल्ल २,कमलसिंह ऐरी १ रनमा आउट भए ।  ओमानका जिल तन्ना,आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए । त्यस्तै यस मेहता र प्रथमेश कुम्बले नाममा समान १ विकेट रह्यो ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ११:१३