एनआरएनए अमेरिकाद्वारा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम निर्माण

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आ(धारित फाठ्यक्रमको ढाँचा तयार गरेको छ । प्रवासमा रहेका नेपाली मूलका बालबालीकाहरुलाई नेपाली भाषा, संस्कृती, कला, साहित्य एवम् भौगोलिक र ऐतिहासिक ज्ञान सीप उपलव्ध गराउने साझा दायित्वको लागि एनआरएनए, आमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आधारित फाठ्यक्रमको ढाँचा तयार गरेको हो ।

एनसिसी अमेरिकाका अध्यक्ष सुनिल साहका अनुसार नेपाली पाठशाला समितीको ठूलो मिहेनत पछि पहिलो पटक तयार गरिएका पाठ्यक्रमका खाकाहरुले प्रवासमा रहेका नेपाली पाठशालाहरुलाई के कस्ता पाठ्यसामग्री छनौट गर्ने र कसरी पढाउने भन्ने बारेमा एक सहयोगी सामाग्री रहेको छ ।

‘पूर्बीय दर्शन र नेपाली बिशिष्टतालाई प्रवासमा हुर्की रहेका कलिला मनसँग नेपाललाई जोड्न बिगत देखि खड्किएको आवस्यकता परिपूर्ती गर्न एनआरएनए अमेरिकाको यस कदमवाट अवस्य पनि सहयोग पुग्ने देखिन्छ’, अध्यक्ष साहले भन्नुभयो । हाललाई नेपाली भाषा र नेपाली नैतिक ज्ञान दर्शनको आधारभूत र मध्यम तहको पाठ्यक्रमको खाका तयार भै प्रकाशन गरिएको उहाँले बताउनु भयो ।

पाठ्यक्रमको ढाँचाले नेपाली भाषा र नैतिक शिक्षाका बिषयगत सिकाई उपलव्धिका साथै एक देखि एकतिस हप्तासम्म के कस्ता पाठ्यबस्तु छनौट गरि शिक्षण गर्ने भन्ने बारेमा शिक्षक तथा अविभावकलाई निर्दिष्ठ गर्न खोजेको छ भने दुईधण्टाको नमूना प्रशिक्षण योजनाले नेपाली भाषा, कला, संस्कृति, ईतिहास आदि के कसरी छनौट गरी प्रशिक्षण गर्ने भन्ने बारेमा खाका प्रस्तुत गरेको छ ।

एनआरएनए, आमेरिकाको वेवसाईटको होम पेजको प्रोजेक्ट अन्तरगत २०२० मा प्रकाशित ट्यावमा गएर निशुल्क रुपमा पढ्न र डाउनलोड गर्न सकिने अध्यक्ष साहले बताउनु भयो । साथै एनआरएनए, आमेरिकाले यि सामग्रीहरुको उपयोगबाट प्रवासमा रहेका नेपाली पाठशालाहरुको विकासमा सहयोग पुग्न विश्वास पनि लिएको छ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार ०८:२२