ओम गुरुङको कोभिड अनुभव र सन्देश

सारा जगतलाई तस्रित बनाएको कोभिड-१९ अर्थात कोरोना भाइरसले जति नै सजक रहदा रहदै म पनि अछुतो रहन सकिन । न ज्वरो आएको छ । न रुघाखोकी नै लागेको छ । न कुनै लक्षण नै छ तर पनि अचम्मको कुरा पिसिआर गर्दा पोजेटिभ देखियो जुन रफ्तारमा विभिन्न चरणमा अहिले संसार भरि बढ्दै गइरहेको छ, लाग्छ, ढिलो चाडो अछुतो रहने कमै नै हुन्छौ होला । हुन त सबै संग मेरो अनुभव हुबहु मिल्छ भन्ने पनि होइन । मान्छेको शरीर अनुसार यसको असर र अनुभवहरु फरक हुन सक्दछन । तर आफुले पाएको जानकारी र अनुभव गरेको आधारहरुमा अरुको लागि पनि केहि जानकारी मुलक होस भन्ने हेतुले केहि कुराहरु लिपिबद्द गर्ने प्रयास गरेको छु ।

यदि यस्तो कुनै लक्षणहरु देखिएमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्तिनु हुँदैन । आत्मविश्वास गुमाउनु हुँदैन। यसो भनि रहदा Over Confident हुन पनि हुँदैन र हेलचेक्राई पनि गर्नु हुँदैन । 

यसो विचार गरिरहदा अहिले लाग्छ कि यो भाइरस कति पटक यो शरीरमा पस्यो होला र कति पटक म संग हार खाएको रहेछ होला भन्ने कुरा अहिले अनुमान गरिरहेको छु । किनकी संयोगवस नै भनौ अहिले पिसिआर टेस्ट गर्दा न थाहा भयो नत्र अहिले पनि शरीरमा प्रवेश गरि सकेको रहेछ तर शायद जित्न नसकेर नै होला पोजेटिभ देखिए पनि यसको कुनै लक्षण भने देखिएको छैन । न त्यस्तो कुनै अनुभूति नै भयो । शायद आफ्नो शरीरको Immune Power र अवस्था अनुसार फरक हुने रहेछ ।

२०१९ मा चाइनाको हुवान प्रान्त बाट सुरु भएको यो महामारी अहिले संसार भरि नै दोश्रो र तेश्रो लहरको रुपमा नयाँ नयाँ भेरीयन्टमा अझ खतरनाक रुपमा देखा परिरहेको छ । यो भाइरस यतिकै सरि हाल्छ भन्ने होइन । हुन त यो भाइरस हावामा पनि हुन्छ भनिन्छ तर पनि मलाइ जापानको चिकित्सकसंग सुझाब लिदा यदि संक्रमित व्यक्ति संग त १५ मिनट भन्दा बढी मास्क बिना १ मिटर भन्दा नजिकमा बार्तालाप गर्नु भएको छ भने सम्भावना हुनसक्छ । अर्को कुरा, किनमेल गर्दा होस् यात्रा गर्दा होस् कुनै काममा घरबाट बाहिर निस्कदा शरीरको कुनै अंगले छुनु भएको छ र सरसफाइमा ध्यान पुरयाउनु भएन भने खतरा हुनसक्छ । त्यसर्थ भिडभाडमा नजाने, निस्कन परे पनि सधै मास्क लगाउने र सेनिटाजर प्रयोग गर्नुको साथै बेला बेलामा राम्रो संग हात सफा गर्ने गरे यस बाट बच्न सकिन्छ ।

अति होसियारी हुनुपर्दछ । सानो लापरबाहीले धेरै असर गर्न सक्दछ । तर हल्लाको पछि नलाग्ने । यो रोग जति भयावह छ त्यति नै अति अनुशासीत तरिकाले यसका केहि सामान्य कुराहरु पालना गरिएमा यसलाई सहजै जित्न सकिन्छ ।

सामान्यतय यसका लक्षण भनेको सुरुमा ज्वरो आउने, खोकी लाग्ने, धेरै खोकी लागे पछी घाटी दुख्ने, छाती दुख्ने, पखाला लाग्ने, खान मन नलाग्ने र स्वाद हराउने जस्ता हुने गर्दछ र बिस्तारै फोक्सोमा प्रवेश गरेर निमोनीया हुने र श्वास प्रश्वासमा बाधा पुग्ने र अन्त्यमा मृत्यु हुने गर्दछ । कुनै पनि रोग लाग्नु र त्यसबाट उन्मुक्ति पाउनु र नपाउनुमा तपाईको व्यवहार, आचरणमा नै निर्भर हुने गर्दछ । सकभर यस्तो रोग लाग्न बाट बच्न सतर्कता अपनाउनु नै सबै भन्दा बुद्धिमानी हुने छ । यदि कुनै पनि लक्षण देखिन साथ परामर्श गर्ने र समयमै राम्रो उपचार गरे स्वास्थ्य लाभ हुन्छ ।

माथि भनिए जस्तो कुनै लक्षणहरु देखिए वा आफुलाई अलिकति शंका लाग्न साथ तुरुन्त पिसिआर टेस्ट गर्ने । यदि यस्तो कुनै लक्षणहरु देखिएमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्तिनु हुंदैन । आत्मविश्वास गुमाउनु हुदैन । यसो भनि रहदा Over Confident हुन पनि हुँदैन र हेलचेक्राई पनि गर्नुहुदैन । यस रोग बारे राम्रोसंग बुझ्ने, अध्ययन गर्ने, सल्लाह सुझाब लिने र स्वास्थ्य उपचार सुरु गर्ने गर्नुपर्छ। अर्को कुरा, संक्रमित व्यक्तिलाई शरीरको अवस्था अनुसार छोटो समयमै शरीरमा उतार चढाब आउने गर्दछ । अति होसियारी हुनुपर्दछ । सानो लापरबाहीले धेरै असर गर्न सक्दछ । यो रोगको बारेमा धेरै अनावश्यक हल्लाहरु सुनिन्छ । तर हल्लाको पछि नलाग्ने । यो रोग जति भयावह छ त्यति नै अति अनुशासीत तरिकाले यसका केहि सामान्य कुराहरु पालना गरिएमा यसलाई सहजै जित्न सकिन्छ ।

संक्रमण भए पछि झन्डै अवस्था हेरेर २/४ हप्ता भौतिक दुरी कायम गरेर एक्लै बस्नु पर्ने हुन सक्छ । त्यस्तो अवस्थामा मनमा हुने नहुने कुराहरु खेल्न सक्छन । डिप्रेसनमा जान सक्छ । मनोबल गिर्न सक्छ । त्यसले झन् स्वास्थ्यमा असर गर्न सक्छ । त्यसर्थ  अनावश्यक सोचहरु आउन नदिने उपाय अपनाउनु राम्रो हुन्छ । 

यो रोगको संक्रमण भए पछि झन्डै अवस्था हेरेर २/४ हप्ता भौतिक दुरी कायम गरेर एक्लै बस्नु पर्ने हुन सक्छ । त्यस्तो अवस्थामा मनमा हुने नहुने कुराहरु खेल्न सक्छन । डिप्रेसनमा जान सक्छ । मनोबल गिर्न सक्छ । त्यसले झन् स्वास्थ्यमा असर गर्न सक्छ । त्यसर्थ आफुलाई सहज हुने खालको वातावरणमा बस्ने, बिभिन्न पत्रपत्रीका अध्यन गर्ने, म्युजिक सुन्ने जस्ता मन भुलाउने कुराहरु गर्नुपर्छ । अनावश्यक सोचहरु आउन नदिने उपाय उपनाउनु राम्रो हुन्छ । परिवारका सदस्यहरुले पनि सोही अनुसार बाताबरण बनाइ दिने, सहयोग गर्ने र हेरचाहमा बिशेष ध्यान दिने गर्नुपर्दछ । मेरो बुझाइमा अति महत्वपूर्ण कुरा भनेको यो जीव हाम्रो शरीरमा प्रवेश गरे पश्चात यसले पर्ने असरहरुलाई स्पष्ट बुझ्न सहज होस् भन्ने हेतुले मैले यसलाई ३ चरणमा वर्गीकरण गरेर ब्याख्या गर्दछु ।

पहिलो : प्रारम्भमा जब यो जीव तपाइको शरीरमा प्रवेश गर्न साथ तपाई हामीले सुने जस्तो यसले सकी नै हाल्छ भन्ने होइन । यदि प्रवेश गरेता पनि तपाईको शरीरको क्षमताले यसलाई परास्त गरे आफै निस्क्रिय हुदै गएर असर गर्न छाड्दछ ।

दोश्रो : तपाईको शरीरमा प्रवेश गरे पछि शरीरको अवस्था अनुसार केही दिनमा माथि भनेको जस्तो लक्षणहरु देखिन सुरु गर्दछ । लक्षण देखिन साथ समयमै उचित उपाचार गरे केहि दिनमा निको हुनसक्छ ।

तेश्रो : यदि समयमै त्यसको राम्रो उपचार गरिएन भने वा तपाईको शरीरले थेग्न सकेन भने दोश्रो चरण पार गरेर बिस्तारै फोक्सोमा प्रवेश गरे पछि निमोनीया हुनुको साथै सक्रमण बढ्दै गए अन्तत्व इहलिला समाप्त पार्दछ ।

त्यसर्थ भरसक लक्षणहरु देखिन साथ राम्रो उपचार गरेर फोक्सो सम्म पुग्न नदिनु नै बेस हो । कदापि फोक्सोमा प्रबेश गरीहाले केही जटिल होला तर पनि राम्रो उपचार गरेर परास्त गर्न सकिन्छ । र, यसबाट मुक्ति पाइएता पनि केहि समय पछि सम्म शरीर दुख्नु र कमजोरी महसुस हुने गर्दछ तर चिन्ता गर्नु पर्दैन बिस्तारै शरीर आफ्नो लयमा आउन थाल्दछ ।

सबैभन्दा ठुलो कुरा यो जीव तपाईको शरीरमा प्रवेश गरेता पनि तपाईको शरीरको क्षमता अनुसार कति असर गर्दछ कति सम्म क्षति गर्दछ भन्ने कुरा भर पर्ने रहेछ । त्यो सबै तपाईको दैनिक जीवनका नित्यकर्म, खानपीन, रहनसहन आदि इत्यादिमा निर्भर हुने रहेछ ।

विभिन्न देश अनुसार सेवा सुबिधा र उपचार बिधिहरु फरक हुन सक्छन । अहिले जताततै अस्त व्यस्त छ । तपाईले भने अनुसार हस्पिटलमा बेड नपाउन सक्छ । समयमा उपचार नहुन सक्छ । यदि तुरुन्तै त्यस्तो सम्भव नभए घरेलु तरिका अनुसार प्राथमिक उपचार बिधी अपनाउनु अति नै उपयोगी हुन्छ ।

जापानको परिवेशमा हालसालै आफुले भोगेको अनुभबको आधारमा केहि सुझाबहरु विस्तृत रुपमा राख्न चाहन्छु :-

यदि कोभिड पोजेटिभ देखिएमा सबैभन्दा महत्वपूर्ण कुरा नआतालिनु, राम्रो संग काउन्सिलगं गर्नु, सबै कुरा निशुल्क हुन्छ । भाषागत समस्या भए दोभासे अनुरोध गर्ने अथवा नजिकको साथीभाईलाई अनुरोध गर्ने । तपाईको रोगको अवस्था अनुसार उनीहरुले सुझाब दिने गर्दछ । तपाइलाई होटलमा राख्ने वा हस्पिटल राख्ने तपाइको अवस्थाको आधारमा निर्भर गर्दछ । यदि आफ्नो अवस्था जटिल छ श्वास फेर्न गार्हो छ ज्वरो बढी छ भने सोहि अनुसार हस्पिटलको लागि अनुरोध गर्नु पर्दछ ।

हस्पिटल बेडको अभाबले गर्दा तपाईको अवस्था हेरेर होटलमा बस्ने अथावा घरमा बस्ने ब्यबस्था पनि हुन्छ । होटलमा बस्ने हो भने खानपीनको ब्यबस्था हुनुको साथै स्वास्थ्य सम्बन्धि सहयोगी उपलब्ध हुन्छ । घरमै बस्न पनि सक्नुहुन्छ त्यस्तो खण्डमा दैनिक जसो फोन मार्फत जानकारी लिने गर्दछन । त्यस बेला आफुलाई परेको समस्या राम्रोसंग राख्न सके धेरै नै उपयोगी हुन् सक्दछ । कुनै पनि बखत केही परे २४ सै घण्टा परामर्श सेवा उपलब्ध हुने फोन नम्बर उपलब्ध गराईएको हुन्छ । यस बाहेक पनि आफुले भन्दा जाने बुझेका जानकारहरु संग पनि सल्लाह सुझाब लिने गरे थप उपयोगी हुन्छ ।

म आफु पनि हस्पिटल संग सम्बन्धित भएको नाताले नेपालको वरिष्ठ सर्जन डा. भक्तमान श्रेष्ठ दाई संग परामर्श गरिरहे । फोक्सोमा असर पुगेको छ छैन ? भरसक एक्सरे गरेर हेर्न सुझाब दिनु भए अनुसार मैले त्यसरी नै अनुरोध गरे लगतै केहि समय पछि सिटी स्केन गर्न हस्पिटल खोजेर बिशेष गाडीको पनि ब्यबस्था गरियो । फलत कुनै पनि असर नभएको रिजल्ट आयो र ढुक्क भए । यो सब बेली बिस्तार गरि रहनुको अर्थ तपाईले अनुरोध गर्नु भयो भने व्यवस्था गरिदिने रहेछ ।

जापानमा खासै औषधी दिने रहेनछ । यसको औषधी बनेको पनि छैन । साधारण रुघा खोकीको औषधि दिने गर्दो रहेछ र त्यसर्थ घरेलु उपचार अपाउनु अर्को राम्रो बिकल्प हुन्छ । डा. भक्तमान दाइको सुझाब अनुसारमा मैले Vitamin C, D, Zinc, लिने गरे । तर ख्याल गर्नु पर्ने कुरा यस्ता भिटामिनहरु उत्पादक कम्पनी र देश अनुसार मात्र फरक हुने गर्दछ । साथ साथै तपाई संग उपलब्ध भए सम्म जस्तै: बेसर, ज्वानो, मरिच, गुर्जो, जिरा, लँग, तुलसी, दालचिनी, अवला जस्तो कुराहरु जे जे उपलब्ध हुन् सक्छ उमालेर पानी पिउने र गल.ल गल.ल गर्ने र दिनमा २,३ पटक बाफ लिने गरे धेरै फाइदा पुर्याउदछ । तर लगातार धेरै तातो पानी पिउदा खरो हुने पनि हुन सक्छ त्यस्तो अवस्थामा १, २ कप तातो पिए पनि अरु बेला हल्का मनतातो पानी पिउन सकिन्छ ।

जति सकिन्छ नियमित व्ययाम गर्ने, श्वास प्रश्वास प्रणायाम गर्ने, प्रशस्त साग सब्जी र दाल वा (सुप) झोल युक्त खान खाने, नियमित फलफुल खाने गरेमा धेरै फाइदा हुन्छ ।

समग्रमा, यो अति डरलाग्दो महामारी रोग हो । सारा जगतमा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा अथाह असर परेको छ । जीउ धनको अक्षम्य क्षति पुर्याएको छ । यो भाइरस बिभिन्न समयमा बिभिन्न देशहरुमा फरक-फरक प्रवृतिमा देखा परेको छ । हाल सम्म कुनै देशले यसको औषधी बनाउन सकेको छैन । अन्त्वत : लामो समयको प्रतिक्षा पछि केहि देशहरुले भ्याक्सिन बनाए पनि तपाई हामीसम्म कहिले पुग्दछ यकिन जवाफ कसैले दिन सकेको छैन र म्याक्सिन लगाए पनि यो रोग नलाग्ने शत प्रतिशत ढुक्क हुने ग्यारेन्टी कसैले पनि गर्न सकेको छैन ।

जति सकिन्छ नियमित व्ययाम गर्ने, श्वास प्रश्वास प्रणायाम गर्ने, प्रशस्त साग सब्जी र दाल वा (सुप) झोल युक्त खान खाने, नियमित फलफुल खाने गरेमा धेरै फाइदा हुन्छ ।

Care is best cure भने झैँ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बुद्दिमानी हुनेछ । रोगले आफै तपाईलाई खोज्न आउदैन हाम्रो आफ्नै कमजोरीको कारण निम्त्याउने गर्दछौ र लापरवाहीका कारणले अनाहकमा ज्यान गुमाउन पुग्दछौ । अत: तपाई हामी सबै सजग रह्यौ, अनुशासीत भयौ भने अवश्य पनि यस्ता रोगहरु बाट जोगीन सक्नेछौ । लागि हाले पनि धेरै स्वास्थ्यमा धेरै क्षति हुन पाउदैन । त्यसर्थ, आफु पनि बचौ र अरुलाई पनि बचाऔ ।

अन्त्यमा, म अति नै स्वास्थ्य छु तर पनि अझै केहि दिन Follow up को क्रम मै छु । यस बिचमा मलाई सल्लाह सुझाव दिएर मनोबल बढ़ाउनुहुने, शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्णजनमा हार्दिक(हार्दिक आभार व्यक्त गर्दछु ।


प्रकाशित | २२ बैशाख २०७८, बुधबार १७:३८