एनआरएनए जापानको महासचिवमा बुद्धिराज घिमिरेको पुनः उम्मेद्वारी घोषणा

टोकियो : गैरआवासिय नेपाली संघ जापानको महासचिवमा बुद्धिराज घिमिरेले निरन्तरता दिने घोषणा गर्नुभएको छ ।
कान्तो क्षेत्रको सचिव हुँदै एनआरएनए जापानको महासचिव हुनुभएका घिमिरेले अधुरा कार्यभार पुरा गर्दै जापानवासी नेपालीहरुसँग एनआरएनए जापानको सम्वन्ध र सहकार्यलाई थप मजबुद गर्नको लागि आफुले महासचिवमा पुन उम्मेद्धारी दिने घोषणा गरेको जानकारी दिनुभएको छ । अगज्रलाई सम्मान गर्दै आफना योजनालाई कार्यान्वयन गर्नको लागि एक कार्यकाल महासचिवमा बस्नु उपयुक्त ठानेर उम्मेदवारी दिन लागेको विश्व सन्देशलाई जानकारी गराउनुभयो ।

महासचिव उम्मेद्धार घिमिरेले नेपाली एकता, हार्दिकता र आपसी सहकार्यलाई निरन्तरता सहित महत्व दिंदै सबैको ससम्मान हातेमालो अभियान, यहाँहरुको चाहना मेरो कामना भन्ने नारा सहित जापानवासी नेपालीमाझ आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ । सन् २०११/१३ मा कान्तो क्षेत्रको सचिवमा निर्विरोध चयन हुनुभएका घिमिरे सन् २०१५/१७ मा एनआरएनए जापानको सचिवमा चयन हुनभएको थियो । यद्यपी सो समयमा महासचिवको अनुपस्थितिले सो पदको समेत जिम्मेवारी पुरा गर्नुभएका घिमिरे हाल एनआरएनए जापानको महासचिव रहनुभएको छ ।

जापानमा एक दशकदेखी रेष्टुरेण्ट र रेमिट्यान्स व्यवसाय गर्दै आउनुभएका घिमिरेले एक दर्जन बढी संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर सफल जिम्मेवारी समेत पुरा गरिसक्नुभएको छ । आसन्न एनआरएनए जापानको २०१९/२१ कार्यसमितिको लागि महासचिवमा निरन्तरता दिने घोषणा गर्नुभएका घिमिरेले आफुले गरेको कामको अनुभव, जिम्मेवारी र अग्रजलाई नेतृत्व लिन दिनको लागि आफुले महासचिवमै निरन्तरता दिन लागेको बताउनुभयो ।

एनआरएनए जापानको महासचिवमा उम्मेद्धारी घोषणा सहित बुद्धिराज  घिमिरेद्धारा कार्य योजना सार्वजनिक

१. नयाँ सांगठनिक संरचना लागू सहित क्षेत्रिय समितिहरुको विस्तारपछि भएको कार्य विभाजनलाई लागू गर्दै केन्द्र र क्षेत्रबिचको सम्वन्ध विस्तारको बाँकी कार्यभार पुरा

. एनआरएनए जापानलाई दिगो गति दिनको लागि आयमुलक तथा सेवामुलक कार्य विस्तार

. जापानमा नेपालको पर्यटन प्रर्वद्धनको लागि नेपाल सरकार पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँगको समन्वयमा एनआरएनए जापानको कार्यालयबाटै पर्यटन र प्रर्वद्धनको सूचना उपलब्ध तथा विषय विज्ञ श्रोत व्यक्ति तय

. नेपाल पर्यटन बर्ष २०२० र २०२० टोकियो ओलम्पिकलाई जोडेर नेपालको पर्यटन प्रचारमा समन्वय र सहकार्य गरिने५. बिदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयनको लागि एनआरएनए मार्फत पहलकदमी

. बिदेशमा अलपत्र, वेवारिसे तथा मृत्यु भएका व्यक्तिको उद्दारगरि नेपाल लैजान सरकारी संलग्नता सुनिश्चित गर्न बिदेश जाने समयमै निश्चित शुल्क लिएर नेपाल सरकारले जिम्मेवारी लिन दूतावास तथा एनआरएनए मार्फत पहल गर्ने

. क्षेत्रिय एनसिसिसँग समन्वय र सम्वन्ध विस्तार

८. नेपाल फेस्टिवल लगायत नेपाली प्रमुख चाडपर्वहरु तथा विशेष अवसरमा गरिने कार्यक्रम आयोजना एनआरएनए एनसिसि जापान र क्षेत्रिय समितिहरुले सहकार्य गरेर गर्ने

. विद्यार्थीहरुको अध्ययन तथा रोजगारमा सघाउन विद्यालय छनौट, भिषा परिवर्तन तथा आवश्यक परामर्श सेवालाई थप विस्तार गर्दै क्षेत्रिय समितिलाई सहभागी गराउने

१०. विषय विशेषज्ञहरुको विज्ञताबारे संकलन गरिएको तथ्यांकलाई विज्ञता अनुसार जापानमा रहेका नेपालीको हित सहित समृद्ध नेपाल निर्माणमा सहयोगी बन्नेगरि कार्यक्रम तय गर्ने

११. स्वास्थ्य परिक्षण तथा परामर्श सेवालाई थप विस्तार गर्दै क्षेत्रहरुमा नियमित कार्यक्रम आयोजना गर्ने ।


प्रकाशित | ६ भाद्र २०७६, शुक्रबार १२:५५