भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको विजय निश्चित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन् । जारी पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ।

राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन। आंशिक र घोषित मतगणना परिणामका अनुसार प्रधानमन्त्री मोदीको भाजपाले ३०० स्थान जित्ने अनुमान गरिएको छ।

राहुल गान्धी नेतृत्वको विपक्षी गठबन्धनले १०० भन्दा कम स्थान हासिल गर्ने अनुमान छ। भारतको संसदको तल्लो सदन, ५४३ सदस्यीय लोकसभामा, बहुमत हासिल गर्न कुनै पनि पार्टि वा गठबन्धनले कम्तीमा २७२ स्थान जित्नु पर्दछ।

सन् २०१४ मा, भाजपाले २८२ स्थान जितेको थियो। जुन त्यसअघिको ३० वर्षमा कुनै पनि राजनितिक पार्टिले हासिल गरेको सबैभन्दा ठूलो जित थियो। आफ्ना साझेदारहरू सहित भाजपा गठबन्धनको संसदमा ३३६ स्थान थियो।

४४ स्थान मात्र जितेको कंग्रेसले सन् २०१४मा सबैभन्दा खराब हार बेहोरेको थियो। संसदमा उक्त पार्टिको गठबन्धनको ६० स्थानमात्र थियो।बी.बी.सी.

 


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १७:०८