आईसीसी एक दिवसीय वरियतामा नेपाल यथावत

काठमाडौं: अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड , दोस्रोमा भारत र तेस्रो स्थानमा दक्षिण अफ्रीका परेका छन् । त्यस्तै, चौथोमा न्युजिल्यान्ड र पाँचौमा अष्ट्रेलिया रहेका छन् । खेलाडी वरियताको ब्याटिङतर्फ विराट कोहली शीर्ष, रोहित शर्मा दोस्रो, रोस टेलर तेस्रो,साई होप चौंथो र क्विनटन डी कक पाँचौ स्थानमा रहेका छन् ।बलिङतर्फ जस्प्रित बुम्राह,ट्रेन्ट बोल्ट, राशिद खान,इमरान ताहिर र कागीसो राबडा क्रमश शीर्ष देखि पाँचौ स्थानमा रहेको छ ।

यस्तै अलराउण्डतर्फ शाकिब अल हसन, राशिद खान,मोहमद नाबी, इमाद वासिम र मिचेल स्टाननर शीर्ष देखि पाँचौसम्म रहेका छन् । नेपाल भने यथावत छ । एक दिवसीय विश्वकपअघि आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १९:११