प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा दिनु हुँदैन : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा दिन हुने बताउनुभएको छ । ‘अहिले पदबाट राजीनामा दिनु मुलुकको हितमा छैन’, केसीले भन्नुभएको छ, ‘यस विषयमा नेकपाका नेताहरुले सुझबुझपूर्ण निर्णय गर्ने आशा व्यक्त गर्न चाहान्छु ।’

अध्यक्ष केसीले नेकपा भित्रका युवा पनि गुटगत क्रियाकलापमा बाँडिएकोमा चिन्ता ब्यक्त गर्दै भन्नुभयो, ‘युवाले पनि नेतृत्वकै पथ समातेका छन्, नेतृत्व हस्तान्तरण गर्दैमा यो समस्या समाधान हुने होइन ।’

‘छातीमा हात राखेर जनतासामु गरेका चुनावी वाचा र प्रतिवद्धता सम्झनुहोस्, अनिमात्र आफ्नो स्वार्थको कुरा गर्नुहोस्’, उहाँको सुझाव छ । नेकपा अहिले मुलुकको सबैभन्दा ठूलो शक्ति भएकाले अरु कुनै शक्तिले नेकपालाई कमजोर पार्न नसक्ने पनि उहाँले बताउनुभयो ।


प्रकाशित | १६ मंसिर २०७७, मंगलवार ०८:२९