सूर्यविनायक नगरबासीको शीर उच्चो राख्न सक्दो प्रयास गर्नेछु: बासुदेव थापा

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरबासीको शीर उच्चो राख्नको लागि हरबखत कोसिस गर्ने बताउनु भएको छ । गृह क्षेत्र चित्तपोलमा टोलबासीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नु हुँदै मेयर थापाले विगतमा जस्तै आगामी दिनमा पनि सूर्यविनायक नगरबासीको शीर उच्चो राख्न सक्दो प्रयास गर्ने बताउनु भएको हो ।

आफुले सबै लोभ, मोह र ब्यक्तीगत स्वार्थ त्यागेर समाजसेवामा होमिएको स्पष्ट पार्नु हुँदै मेयर थापाले भन्नु भयो, ‘आगामी दिनमा नगरबासीको शीर उच्चो राख्नका लागि हरबखत कोसिस गर्नेछु । मेरो इमानदारीतामा आँच आउन दिनेछैन । तपाईको सेतो कपडामा दाग लाग्न दिनेछैन । नगरबासीको हितमा काम गर्नेछु । मेरो सम्पत्ति नै नगर र नगरबासीको हितमा काम गर्नु हो ।’

पहिलो कार्यकालमा नगरमा धेरै काम गर्न सफल भएको बताउँदै आगामी दिनमा अझ नमुना र उदाहरणीय कार्य गर्दै जाने बताउनु भयो । ‘नगरलाई सुन्दर, हराभरा बनाउने कार्यमा मेरो सम्पुर्ण ध्यान केन्द्रित हुनेछ’, उहाँले थप्दै भन्नु भयो ।

मेयर थापाले टोलबासीले लगाएको गुण कहिल्यै नबिर्सने बताउनु भयो । आफ्नो जीतमा टोलबासीको ठुलो हात रहेको बताउँदै आफ्नो इमानदारीतालाई नजिकबाट नियालेर अगाडि बढ्न सदैव हौसल्ला र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु हुँदै आगामी दिनमा सबैको भावना र राय सल्लाह सुझाव अनुसार अगाडि बढ्ने स्पष्ट पार्नु भयो ।

सो अवसरमा मेयर थापाले जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्थानीय प्रेम बहादुर थापा र भगवान थापाले मेयर थापाले नगरबासीको विश्वास जित्न सफल हुनु भएको भन्दै कार्यकाल सफलताको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा मेयर धर्मपत्नी अम्बिका थापालाई पनि सम्मान गरिएको थियो । 

शनिबारै मेयर थापा नगरका विभिन्न कार्यक्रममा पनि सहभागि हुनु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

This image has an empty alt attribute; its file name is IMG_20220528_145131-1024x487.jpg

No description available.
No description available.
No description available.

प्रकाशित | १४ जेष्ठ २०७९, शनिबार २२:३८