‘दाल भात तरकारी’ दर्शकले औँधी रुचाए: गर्यो ६ करोडभन्दा माथिको ब्यापार

काठमाडौं : दर्शकले ‘दाल भात तरकारी’ औँधी रुचाएका छन् । गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको माया पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको हो ।

चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ ।  चलचित्रले दिनमा अझै पनि १७ शो पाइरहेको देखिन्छ । चलचित्रले अहिलेसम्म ६ करोड २५ लाखभन्दा माथिको कारोबार गरिसकेको छ । झण्डै ३ करोडको लगानीमा बनेको चलचित्रले लगानी भने प्रदर्शन अगावै उठाइसकेको थियो ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०८:३०