राजसंस्था पुनर्बहालीका लागि सघर्ष गछौं : अध्यक्ष जबरा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले राजसंस्था नेपालको पूराना संस्था भएकोले यसले निश्पक्ष र तत्वादनको भूमिका निर्वाह गर्न सक्नेपनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले संविधान जारी गर्दा राप्रपापनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको धारणा ब्यक्त गर्नुभयो ।

उहाँले हिन्दूराष्ट्र बनाउनको लागि मुलुकभरि राजनीति परिचालन गरिने पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हिन्दूराष्ट्र बनाउनको लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसप्रति पार्टीको राजनीति परिचालन हुन्छ ।’ उहाँले आफूहरुको एकता नेपाली जनतालाई अहिलेको अवस्थाबाट उद्धार गर्नपनि भएको सुनाउँदै त्यसको लागि तयार रहेको सुनाउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्र एक भएर लड्नुपर्ने भनेर राखेको प्रस्ताव सकारात्मक भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो सरकार त कोरोना भाइरसबारे लापरवाही गरेर बसेको छ । सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने कुरा गरेको छ । सरकारको यो कदम अत्यन्तै चिन्ताजनक र निन्दनीय छ ।’


प्रकाशित | १ चैत्र २०७६, शनिबार १७:३९