एसआई यूकेले फेब्रुअरी ४ र ५ मा एजुकेशन फेयर गर्ने

काठमाडौँ : एसआई–यूकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्ने भएको छ। मेला फेब्रुअरी ४ मा राजधानीको होटल र्याडिसनमा र फेब्रुअरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ ।

मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका ३० भन्दा बढि ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने एसआई–युके नेपालका कन्ट्रि डाइरेक्टर विनय अधिकारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 325500456_3324034001192724_7451893676579368325_n-1024x683.jpg

एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी गरेको छ ।

एसआई–युके अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटी, लन्डन इम्पेरियल युनिभर्सिटी, युनिभर्सिटी कलेज लन्डन, र किंग्स कलेज लन्डन लगायतका लोकप्रिय विश्वविद्यालयहरूमा भर्ना सहज गराउने शीर्ष श्रेणीको एजेन्ट हो। एसआई–युकेले बेलायतमा अध्ययन गर्न आवेदन दिने नेपाली विद्यार्थीहरूलाई निःशुल्क सल्लाह र सहयोग प्रदान गर्दछ। एसआई–युके शिक्षा सल्लाहकारहरू विश्वसनीय विश्वविद्यालय साझेदारहरू र ब्रिटिश काउन्सिलद्वारा पूर्ण रूपमा अनुभवी र प्रशिक्षित छन्।

No description available.

एसआई–युके नेपालले सबै इच्छुक विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई काठमाडौं र पोखरामा हुने सबैभन्दा ठूलो यूके शिक्षा मेला २०२३ मा सहभागी हुन बेलायत र आयरल्यान्डका शीर्ष विश्वविद्यालयहरूका प्रत्यक्ष प्रतिनिधिहरूलाई भेटी विदेश अध्ययन सम्बन्धि जानकारी लिन अनुरोध पनि गरेको छ ।

एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।


प्रकाशित | ६ माघ २०७९, शुक्रबार २१:२८