अतिक्रमीत भूमी समेटेर नयाँ नक्सा जारी गरेकोमा एनआरएनए जर्मनीद्धारा सरकारी निर्णयको स्वागत

जर्मनी:   गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीले भारतले अतिक्रमण गरेका नेपालका भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा खुसी ब्यक्त गर्दै नेपाल सरकारको उक्त निर्णयको स्वागत गरेको छ । एनआरएनए जर्मनी अध्यक्ष हरि न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै भारतीय अतिक्रमणमा परेका भूभागहरु समेटेर नयाँ नक्सा जारी गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभएको हो ।

अध्यक्ष न्यौपानेले मिचिएका भूभाग लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रलाई समेटी सरकारले नयाँ नक्सा जारी गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।

No photo description available.

‘मिचीएका भूभाग फीर्ता ल्याएर शीध्र कुटनीतिक बार्ताको माध्यमबाट सिमा सम्बन्धी विवाद शान्तिपूर्ण ढंगले टुंग्याउन अन्तर्राष्ट्रिय स्तरमा समेत दबाब सृजना गर्न एनआरएनए जर्मनी हार्दिक अनुरोध गर्दछ’, अध्यक्ष न्यौपानेद्धारा जारी बिज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १९:५४