सुमन खड्का
१. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हाल कतिवटा जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालन भएका छन् ?
- १४ वटा (नोट – परियोजनाअन्तर्गत सञ्चालित सुपरजोन कार्यक्रमहरूमा झापा, कपिलवस्तु र बर्दियामा धान, धनुषा र बारामा माछा, काभ्रेपलाञ्चोक र डडेलधुरामा आलु, सिन्धुलीमा जुनार, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ, स्याङ्जामा सुन्तला, कैलालीमा गहुँ र गुल्मीमा कफी खेती रहेका छन्)
२.TAT केसँग सम्बन्धित छ ?
- मनोवैज्ञानिक परीक्षण (नोट – Thematic Apperception Test र कुनै व्यक्तिको व्यक्तित्व, बौद्धिकता, दबेर रहेको इच्छा, भावना आदिबारे जानकारी लिन गरिने मनोवैज्ञानिक परीक्षण
३. मध्यतराईमा धानको बिउ राख्ने र रोपाइँ गर्ने वेला खेतधनी साहुलाई डोरीले बाँधेर दक्षिणा उठाउने परम्परालाई कुन परम्परा भनिन्छ ?
- हरफरउली
४. राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्मा कहिले पेस गर्नुभयो?
- वि.सं. ०७६ वैशाख २०
५. नेपालसँग दौत्य सम्बन्ध कायम राख्ने १६५औँ राष्ट्र कुन हो ?
- Equatorial Guinea (नोट – २०१९ अप्रिल ३० मा नेपालसँग दौत्य सम्बन्ध कायम भएको हो)
६. सातौँ जुनियर ब्याटल २०१९ को उपाधि कसले हात पारिन् ?
- अनु भण्डारी (तोरन स्कुल) (नोट – पुरस्कार १ लाख रुपैयाँ प्राप्त)
७.नेपालको इतिहासमा प्रथमपटक ‘जनसंख्या सम्मेलन’ कहिले भयो ?
- २०७१ जेठ २२–२४ (नोट – सम्मेलनको विकास योजनाका लागि जनसंख्याको सञ्चार भन्ने नारा रहेको थियो)
८. ‘सिहंदरबारमा नीति निर्माताको आँखा सामुन्नेको भित्तामा देशको सबैभन्दा विपन्नको फोटो झुन्ड्याउनु र नीति बनाउँदा त्यो मान्छेको परिवार कसरी समृद्ध हुन सक्छ भन्ने सोचेर योजना निर्माण गर्नु’ यो भनाइ कसको हो ?
- विश्वेश्वरप्रसाद कोइराला
९.गण्डकी प्रदेशले विकास निर्माणका योजनाको जानकारी एवं अनुगमनका लागि ‘बार रुम’ कहिलेबाट सञ्चालनमा ल्यायो?
- २०७५ फागुन ४ बाट (नोट – बार रुम युएनडिपीको सहयोगमा सञ्चालन गरिएको हो)
१०. चर्चित उपन्यास ‘मैदारो’का लेखक को हुन् ?
- भूपिन
११. ब्लुमबर्ग हेल्दिएस्ट कन्ट्री इन्डेक्स २०१९ अनुसार विश्वकै सबैभन्दा स्वस्थ देश कुन हो ?
- स्पेन (नोट – उक्त सूचीमा नेपाल ११०औँ स्थानमा पर्न सफल भएको छ)
१२.पुरातात्विक महत्वको ‘कर्कले गुफा’ कुन जिल्लामा रहेको छ ?
- दोलखाको बैतेश्वर गाउँपालिका
१३. काठमाडौं विश्वविद्यालयका विद्यार्थीले तयार गरेको तीनपांग्रे कारको नामकरण के गरिएको छ ?
- जुनकिरी
१४.हालै नेपालमा बालविवाहमुक्त घोषणा गरिएको पहिलो गाउँपालिका कुन हो ?
- ग्रामथान गाउँपालिका (मोरङ)
१५. Belt and Road Initiative (BRI) को दोस्रोे अन्तर्राष्ट्रिय सम्मेलन कहिले भयो ?
- २०७५ फागुन १४–१५ (२०१९ अप्रिल १६–१७) (नोट – उक्त सम्मेलन Belt and Road Initiative : Nepal connecting the world, Benefit and challenge विषयमा छलफल भएको थियो)
१६. संघीय संरचनाअनुसार नेपालको प्रशासनिक नक्सा कहिले सार्वजनिक भयो ?
- २०७५ फागुन २३
१७. जापानी सम्राट अकिहितोले स्वेच्छाले कहिलेबाट आफ्नो राजगद्दी त्यागे ?
- २०१९ अप्रिल ३०
१८. ० डिग्री अक्षांश रेखालाई कुन रेखा भनिन्छ ?
- भूमध्यरेखा
१९. सगरमाथा आरोहण गर्ने पहिलो ओमानी नागरिक को हुन् ?
- खालिद अल सियाबी (नोट – सियाबीको २०१९ मे २ मा निधन भएको हो)
२०. श्रीलकांले लन्च गरेको पहिलो स्याटेलाइटलाई के नामकरण गरिएको छ ?
RAAVANA-1
२१.आफ्नो उपग्रहले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?
- बरुण
२२. विश्वमा सबैभन्दा बढी आयकर लाग्ने देश कुन हो ?
- बेल्जियम (४०.७ प्रतिशत)
२३. युटुबमा हालिएको सबैभन्दा पहिलो भिडियो कुन हो ?
- Me at the Zoo
२४. चर्चित साहित्यकार जर्ज बर्नार्ड सा कुन देशका नागरिक हुन् ?
- आयरल्यान्ड
नयाँ पत्रीका दैनीक
प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १०:५१