एनआरएनए यूकेको युवा संयोजकमा हेम कुमार गुरुङको उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आगामी सेक्टेम्बर १४ मा हुन लागिहेको निर्वाचनमा हेम कुमार गुरुङले युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।  हेमले आगामी निर्वाचनमा युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । युवामाभफ निकै चर्चित र लोकिप्रय रहनु भएको हेम निस्वार्थ हिसावले समाजसेवा गर्ने ब्यक्तीको रुपमा बेलायतमा परिचीत हुनुहुन्छ ।

युवा जोस र जाँगरले भरिएको हेमले बेलायतमा युवाका आवाजलाई सशक्त ढंगले समेत उठाउँदै आउनुभएको छ । साथै हेम निकै सालीन र युवाहरुको ढुकढुकी समेत हुनुहुन्छ । विशेष गरि गोर्खाली समाज यूकेको उपाध्यक्षलगायत विभिन्न संघसंस्थामा आबद्ध रहँदै सामाजीक कार्य गर्दै आउनुभएको छ । एनआरएन अभियानसँगै समाजसेवामा समेत क्रियाशील रहनु भएको हेम युवाहरुका जल्दाबल्दा मुद्धालाई लिएर अगाडि बढिरहनु भएको छ । अध्यक्षको बलियो उम्मेदवार पुनम गुरुङ क्याम्पबाट हेमले युवा संयोजकमा उम्मेदवारी दिन लाग्नुभएको हो ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार २०:०१