दाङमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते

दाङ : दाङमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गएराति करिब सवा बाह्र बजेतिर लमही नगरपालिका वडा नम्बर ९ रिहारमा चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दुर्घटना हुँदा १० जना घाइते भएको हो । यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै जंगलमा बस रोकेका थिए । त्यहि बेला बस आफैं गुडेर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचार गर्न बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा९ ६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १०:२४