एनआरएनए जापानमा आसन्न १४ क्षेत्रीय समितिको अधिवेसन र निर्वाचनका लागि अनुगमन समिति गठन

 टोकियो:  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्य ४६ जना लाई १४ क्षेत्रीय समितिको लागि तीन- तीन जना चयन गरि जिम्मेवारी दिएको छ।

यस पल्ट देखि क्षेत्रिय समितिको नया गठनहुने समिति लाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापान ले मान्यता दिने प्रावधान गरिएको र क्षेत्रिय लेखा परिक्षण को लागि रासप जापानका सदस्य हरु लाई जिम्मेवारी दिएको र उहॉहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेसनमा आर्थिक प्रतिवेदन स्वीकृतिको लागि पेश हुने ब्यवस्था बिधानले गरेको छ।

आसन्न रासप जापान र यसका मातहतमा रहेका क्षेत्रिय समिति हरुको आसन्न अधिवेसन र निर्वाचनको लागि आवस्यक छलफल र राय सुझाव लिनको लागि यहि २५ तारिक शनिबार ३ बजे एनआरएनए कार्यालयमा मानार्थ परिषद सदस्यहरु संग बैठक बस्नको लागि तयारी संगै आमन्त्रण गरेको छ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार ०८:३१