भारतसँग जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द

बैतडी : भारतमा हुन लागेको लोकसभा निर्वाचनका कारण भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । नाका मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएका हुन । चैत २८ मा भारतमा लोकसभा निर्वाचन हुँदैछ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २८ सम्म बन्द गरिएको हो। यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको थियो। आकस्मिक रुपमा कुनै कामले सीमा वारपार गर्नुपरे दुई पक्षीय समझदारीमा आवतजावत गर्न सकिने सम्झौता भएको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार ०७:५४