चलचित्र ‘रातो टीका निधारमा’ औपचारिक घोषणा

काठमाडौँ : अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘रातो टीका निधारमा’’को औपचारिक घोषणा गरिएको छ । फिल्ममा निर्देशक अशोक शर्मालेका छोरा अंकित शर्माले डेब्यु गर्दैछन् । जेठ १० गतेबाट छायांकन सुरु हुने फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारहरुको अभिनय रहने भएको छ ।

फिल्म ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि-एरेञ्ज गरिएको छ । शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहने फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी तथा मित्र देव गुरुङको सम्पादन रहने भएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १२:१९