विमान दुर्घटनापछि बन्द लुक्ला एयरपोर्ट सञ्चालन : घटनास्थलमा पुग्यो उड्डययन प्राधिकरणको टोली

काठमाडौं: विमान दुर्घटनापछि ३ घन्टा बन्द एयरपोर्ट खुलेको छ । समिट एयरको विमानले २ ओटा हेलिकप्टरलाई ठक्कर दिएपछि ३ घन्टा बन्द भएको लुक्ला एयपोर्ट सञ्चालनमा आएको हो । आइतबार बिहान लुक्लाबाट रामेछापको मन्थलीका लागि उड्न लागेको समिट एयरले २ ओटा हेलिकप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विमानले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिदाँ भएको दुर्घटनामा ३ जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए । दुर्घटनाको विस्तृत अध्ययनको लागि नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)को प्राविधिक टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १५:२२