काठमाडौं : मानीसहरु ठूला ठूला सपना देख्छन । तर कसरी स्वास्थ बन्ने कुरामा भने त्यस्ता मानीस कमै ध्यान दिन्छन् । विशेष गरि मानीसले तनाव ब्यवस्थापन गर्न सकेको खण्डमा र सकारात्मक सोचको विकास गर्न सकेमा तथा जीवनशैलीमा परिवर्तन ल्याउँन सकेमा स्वास्थ रहन सकिने चिकित्सकहरु सुझाव दिन्छन् । स्वस्थ जीवनशैलीका लागि अपनाउनुस यी तलका कुराहरु’;-
१. नियमित दिनचर्याको ख्याल गरौँ । खाने–बस्ने, सुत्ने–उठ्नेजस्ता कुरामा सकभर एकरूपता दिऔँ ।
२. आफूले गर्ने कामको समय निश्चित गरौँ ।शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्यायाम गरौँ ।
३. हरेक दिन बिहान नास्ता खाने बानीको विकास गरौँ । यसले दिनभरि ऊर्जा दिन्छ ।
४. ध्यान गरौँ । ध्यान गर्दा दिमाग तेजिलो हुन्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ ।
५. नियमित स्वास्थ्य परीक्षण गरौं । जसले कुनै पनि समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ । यसरी सधैँ स्वस्थ रहन सकिन्छ ।
६. सकारात्मक सोचको विकास गरौँ । बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गरौँ ।आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षाजस्ता विषयले हुने तनाव भगाऔँ ।
स्वस्थ जीवनका लागि स्वस्थ र सन्तुलित आहारको आवश्यकता पर्छ । मानिसलाई दैनिक ऊर्जाको आवश्यकता हुने भएकाले ऊर्जाबद्र्धक खानाको नियमित प्रयोग गर्नुपर्दछ । जसका लागि चामल, चिउरा, गहुँ, आलुजस्ता कार्बोहाइड्रेडयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । शरीरको वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुराको पनि नियमित प्रयोग गर्नुपर्छ । एउटै खानेकुरा धेरै खानुभन्दा थोरै–थोरै तर भेराइटी खानु शरीरका लागि स्वस्थकर मानिन्छ । बेलुकीको समयमा हल्का खालका खानेकुरा प्रयोग गर्नुपर्छ । मानिसलाई ठोस पदार्थका साथै झोल पदार्थको पनि आवश्यकता पर्छ । प्रशस्त मात्रामा पानी, ताजा जुस, मोही पिउनुपर्छ ।
स्वस्थ जीवनशैलीका लागि सकारात्मक विचार पनि अत्यावश्यक हुन्छ । सकारात्मक सोचले मानिसलाई स्वस्थ राख्नुका साथै मित्रता बढाउन र सफल हुन पनि मद्दत्त गर्छ । नकारात्मक सोच राख्ने मानिसले हरेक काममा समस्या देख्छ तर सकारात्मक सोच भएकाले भने त्यही काममा अवसर । सकारात्मक सोच राख्ने व्यक्ति सधैँ सुखी र खुसी रहन सक्छ । यसले मानिस स्वस्थ रहनका लागि सहयोग गर्छ ।
प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०९:२७