नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले शनिबार बिहान पीसीआर परीक्षणका लागि स्वाबको नमुना दिएकोमा कोरोना पोजिटिभ देखिएको सामाजीक सञ्जालमार्फत बताउनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्नु भएको छ ।

शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’


प्रकाशित | ९ कार्तिक २०७७, आईतवार १०:३८