प्राकृतिक सुन्दरताले भरिपूर्ण लाप्राक: मैले सोचेको र तस्विरमा देखेको भन्दा फरक रहेछ

सबिता श्रेष्ठ 

जापानबाट केहि समयको लागि नेपाल बसाइको लागि आएको थिए । त्यही बसाईको सिलसिलामा गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा बस्ती बसाल्न थालीएको लाप्राक पुग्ने अवसर मिल्यो । लाप्राक जानुको मुख्य उद्देश्य लाप्राकमा बनेका नमुना बस्तीको अवलोकन गर्नु नै थियो । विशेष गरि लाप्राकमा तीन दिन बिताउने अवसर मिल्यो ।

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा अवस्थित लाप्राक मैले सोचेको र तस्विरमा देखेको भन्दा विल्कुल फरक रहेछ । लाप्राक प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जहाँ मौसम चिसो छ, स्वच्छ हावापानी छ । बिहान उठ्ने बित्तिकै हिमाल देख्न सकिन्छ । प्राय हिउँ परिरहन्छ । सुन्दरताको बर्णन गरिसाध्यै छैन । जताततै मनोरम दृश्य सहजै देख्न सकिन्थ्यो ।

   

त्यहाँ पुग्दा लाप्राक नमुना बस्ती निर्माणमा नेपाली सेना र एनआरएनएको टोली खटिरहेको थियो । बैशाख १२ गते एनआरएनए र स्थानीयबीच अन्र्तक्रिर्या कार्यक्रममा पनि सहभागि हुने अवसर मिलेको थियो । सो कार्यक्रममा एनआरएनए जापानको तर्फबाट सहभागि हुने मौका पाएको थिए । कार्यक्रम निकै भब्य भएको थियो । कार्यक्रमसँगै लाप्राक नमुना बस्ती अवलोकन र स्थानीयसँग प्रत्यक्ष कुराकानी गर्दा लाग्यो, एनआरएनएले बस्ती निर्माणको लागि रोजेको लाप्राक उपयुक्त ठाउँ रहेछ । किनकी प्राकृतिक सुन्दरताले भरिपूर्ण त्यस ठाउँ विकासको दृष्टिकोणले पछि छ ।

 

हामी त्यहाँ पुग्दा एनआरएनएनबाट निर्माण गरिएका सम्पूर्ण घरहरु लगभग पूरा भइसकेको रहेछ । अब अन्तिम घर छाउने, ढोका, झयाल राख्ने काम बाँकि थियो । लाप्राकमा वश्वभरीका प्रत्येक गैर आवासीय नेपाली नेपाल आउँदा एक पटक भ्रमण गर्न भने अत्यन्तै आवश्यक देखिन्छ ।

अन्तमा लाप्राक भ्रमणको लागि ब्यवस्थापन गर्नुहुने सबैप्रति हार्दिक आभारी छु । विशेष गरि एनआरएन  आइसिसी अध्यक्ष भवन भट्ट, भरत चन्द, जेपी श्रेष्ठ र अमृता राजभण्डारीलगायतप्रति आभारी छु । लाप्राक नमुना बस्ती निर्माणमा खटिरहनु भएको नेपाली सेना र लाप्राकबासी दिदी बहिनी दाजु भाईहरुले गर्नुभएको मायालाई कहिल्य बिर्सने छैन ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार १६:४१