एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीसहित उहाँको पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको हो ।

ओली दम्पत्तिले पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा बस्नु भएको छ । त्यस्तै, अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने भनिएकोमा कोभिड संक्रमण भएपछि स्थगित गरिएको छ ।


प्रकाशित | ९ माघ २०७८, आईतवार ११:२५